काठमाण्डू महानगरपालिकाभित्र रहेका कबाखानालाइ हटाउन वडा कार्यालयहरूले ताकेता गर्न थालेका सञ्चालकहरूले बताएका छन्।
तर महानगरका अधिकारीहरूले कबाडखानाहरूलाई कानुनी मापदण्डभित्र सञ्चालित हुन व्यवस्थित गराउन लागिएको बताए।
कबाडखाना सञ्चालकहरूका अनुसार हटाउने विषयमा कतिपयलाई मौखिक जानकारी र लिखित सूचना पठाइएको छ।
कुनै वडा कार्यालयले ३० दिनभित्र र कुनैले ३५ दिनभित्र महानगरबाट कबाडखाना हटाउन भनेको उनीहरू बताउँछन्।
“महिना दिनभित्र तपाईँहरू यहाँबाट जानूस् भनेर वडा कार्यालयबाट पनि चिट्ठी पथासकिएको छ ,”
बस्तीभित्र रहेका कबाडखानालाई हटाउने विषयमा सञ्चालकहरूलाई जानकारी गराइरहेको वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले बताए।
“मौखिक रूपमै भनिरहेरहेका छौँ। उहाँहरूले ठाउँ पाइसकेका छैनौँ भनिरहनुभएको छ। त्यो भएर हामीले व्यावहारिक रूपमा मिलाएर सकेसम्म छिटो हट्न भनिरहेका छौँ,”
महानगरका अधिकारी को भनाइ अनुसार
कानुनबमोजिम सञ्चालनमा नरहेका कबाडखानाहरूलाई हटाउने हिसाबले अगाडि बढेको काठमाण्डू महानगरपालिकाको राजस्व विभागका निर्देशक ले बताए।
“व्यवस्थित गर्दै जाने हिसाबले कानुनी दायरा समेट्दै जाने अवधारणा अनुसार गइरहेका हौँ। व्यवसाय अवैध रूपमा नचलाउनूस् भनेको हो। अहिले सचेतना कार्यक्रम हो,”
यदि कबाडखानालाई बन्द नै गराइयो भने एक त ती मानिसहरूले रोजागारीको स्रोत गुमाउँछन् भने अर्कोतर्फ कबाडी समानको व्यवस्थापनमा आममानिसलाई चुनौती थपिन्छ