चाडबाड को मुख मा बालेन को हमला फेरी गरिब माथि नै पर्यो चोट" Balen Attack again on the face of Festival aimed at the poor."

 

Realistic Khabar

Balen Attack काठमाडौं महानगरपालिका मेयर  बलेन ले आज फेसबुक मा पोस्ट गर्दै लेखेका छन   

"महानगर प्रहरी बलको सवारी साधनमा राखेर विभिन्न ठाउँमा रहेका किसानलाई सामनसहित तोकिएको विक्री स्थलमा पुर्‍याइँदैछ । तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानहरु नयाँ सडकसहित सहरका विभिन्न ठाउँमा पुगेका थिए । उनीहरुलाई विक्री स्थल थाहा नभएकोले सवारी साधनमा राखेर विक्री स्थलमा पुग्न सहयोग गरिएको हो । सवारी साधनमा फूल राख्न तथा झार्नका लागि नगर प्रहरी बलका जनशक्तिले सघाएका छन् । यस क्रममा नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ । यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ ।"




Balen Attack

 तिहार लाइ आबस्यक फूलको माला जथाभावी सडक मा  बेच्नेहरुलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिदै  फूलमाला बेच्न तोकिदिएको ठाउ मा पुर्याएको छ ।


हरेक ठाउँमा रहेका फूल, माला बिक्रेतालाई महानगर प्रहरी को सहयोग मा महानगर कै सवारी साधनमा राखेर सामानसहित तोकिएको बिक्री स्थलमा लगिएको ह।  


काठमाडौंका मेयर बालेन साहका अनुसार महानगरपालिका, नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त पहलमा  प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाइएको छ ।


तर नगर प्रहरी प्रमुख पाण्डेका अनुसार फूल र माला लिएर बेच्न आएका किसानहरु न्यूरोड सहित विभिन्न ठाउँमा पुगेका थिए । ‘महानगरले तोकेको बिक्रीस्थल थाहा नभएकाले महानगरकै सवारी साधनमा राखेर बिक्री स्थलमा पुर्याएका हौं, सवारी साधनमा फूल राख्न तथा झार्नका लागि नगर प्रहरी बलका जनशक्तिले सघाएका छौं,’ पाण्डेले भने ।


Balen Attack महानगरभरी तोकिएका स्थानमा नेपाली फूलहरू मात्रै बिक्री गरिने महानगरपालिकाले जनाएको छ । यसका लागि महानगरपालिका, नेपाल फ्लोरिकल्चर एशोसिएसन र चेम्बर अफ कमर्शको संयुक्त टोलीले अनुगमन गर्ने महानगरले जनाएको छ ।

More News

Post a Comment

Previous Post Next Post